सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०७९ पुष २५, सोमबार १५:०३ गते

हेटौंडा|  नेपाली बजारमा छापावाल सुनको मूल्य दुई दिनमा १६ सय रुपैयाँ बढेको छ । आइतबार १ हजार रुपैयाँले बढेको थियो । सोमबार ६ सय रुपैयाँले बढेर यस वर्षको नयाँ रेकड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन दुई दिनमा १६ सय रुपैयाँले बढेर आज १ लाख ३ हजार ९ रुपैयाँमा कारोबार भइरहेको महासघंले जनाएको छ ।

तेजावी सुन १ लाख  हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मुल्य पनि १० रुपैयाँ बढेको छ । चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*