भारतबाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि भयर आयो

हेटौंडा टुडे
२०७९ माघ २, सोमबार १६:५३ गते

हेटौंडा| भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ। भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढेको हो।

नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ ५१ पैसा बढेर आएको छ। तर डिजेलको मूल्य भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ। भारतले हरेक १५ दिनको अन्तरमा नयाँ मूल्य पठाउने गरेको छ।

भारतमा दैनिक मूल्य परिवर्तन हुने गरेको भनिए पनि नेपालसँगको कारोबारमा १५ दिनमा मात्रै नयाँ मूल्य कायम हुनेछ। जसअनुसार आज १६ तारिखदेखि लागू हुने गरी निगमलाई नयाँ मूल्य पठाएको हो।

नयाँ मूल्यअनुसार निगमले भुक्तानी दिनुपर्नेछ। उपभोक्ता मूल्यमा भने परिवर्तन गर्ने वा नगर्ने निर्णय निगमले गरेको छैन।

दुई हप्ताअघि मात्रै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान रुपैयाँ तथा हवाइ इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*