हेटौंडा| नवनिवयुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग भेटवार्ता गर्न नेपालका लागि भारतीय राजदूत सिंहदरबार पुग्नुभएको छ । भेटघाटका लागि राजदूत मध्यान्ह १२ बजे परराष्ट्र मन्त्रालय पुग्नुभएको बताइएको छ ।
राजदूत श्रीवास्तव मन्त्री पौडेलसँगको भेटपछि १ बजे सिंहदरबारबाट बाहिरिनुभएको हो । भेटमा दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको मन्त्रालय स्रोतको भनाइ छ ।
सेयर गर्नुहोस्


















