हेटौंडा| लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको प्रथम अधिवेशनको बिहीबार बसेको चौथो बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुभएको हो । नेपालको संविधान २०७२ को धारा १६८ (४) बमोजिम उहाँले विश्वासको मत लिनुभयो ।
प्रदेशसभामा कायम रहेका कुल ८७ प्रदेशसभा सदस्यमा उपस्थित सांसदमध्येको बहमुत प्राप्त गरेकाले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री गिरीलाई ५७ जना सांसदले पक्षमा मतदान गरे । विश्वासको मतका लागि मुख्यमन्त्रीले सदनमा पेश गरेको प्रस्तावको विपक्षमा २८ मत परेको थियो ।
मुख्यमन्त्रीको गिरीले पाएको विश्वासको मत प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत भएकाले उहाँले राखेको प्रस्ताव बहुमतले पारित भएको छ । मुख्यमन्त्री गिरीलाई एमालेका २८, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३ र नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र २ सांसदसहित ५७ जना सभा सदस्यले पक्षमा मतदान गरेका थिए ।
सरकार गठनमा विपक्षीमा रहेको एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यले पनि मुख्यमन्त्री गिरीलाई मतदान गर्नुभएको छ । मुख्यमन्त्रीको विश्वासको विपक्षमा नेपाली कांग्रेसका २७ र राष्ट्रिय जनमोर्चाको एक गरी २८ मत परेको हो ।


















