कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने

हेटौंडा टुडे
२०७९ माघ ६, शुक्रबार ११:३८ गते

हेटौंडा| कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गरेका थिए ।

शर्माले दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ । आज बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची सार्वजनिक गरिने जनाइएको छ ।

हाल मुख्यमन्त्री शर्माले नै प्रदेश सरकारका ८ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । यद्यपि दुईजना बिना विभागीय मन्त्रीको रूपमा विनोदकुमार शाह र मंगल शाही नियुक्त भएका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*