बागमती प्रदेशमा १९ जना सक्रिय संक्रमित

हेटौंडा टुडे
२०७९ माघ ६, शुक्रबार १२:२५ गते

हेटौंडा । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ४५६ जनामा गरिएको परीक्षणमा थप २ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा यहाँ थप एक जना संक्रमित संक्रमण मुक्त भएका छन् ।

हाल प्रदेशमा १९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हालसम्म कोरोनाको कारण ५ हजार ३६७ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*