मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ माघ ८, आईतवार १२:३४ गते

हेटौंडा| ललितपुरको लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

महालक्ष्मी नगरपालिका-९ लामाटारस्थित वडा कार्यालय नजिकैको ओरालोमा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए।

शनिबार साँझ ६ बजे बागमती प्रदेश ०२-०४० प १३२० नम्बरको केटिएम डुक बाइक अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

दुर्घटना हुँदा अर्घाखाँची घर भई ललितपुरको इमाडोल बस्ने २३ वर्षीय शिशिर भुसालको मृत्यु भएको हो। सोही मोटरसाइकल पछाडि सवार २० वर्षीय राजिवकुमार यादव घाइते छन्।

दुर्घटनापछि घाइते भएका उनीहरूलाई प्रहरी प्रभाग लुभुको टोलीले ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा पुर्‍याएको थियो।

उक्त अस्पतालमा उपचारको क्रममा भुसालको मृत्यु भएको एसपी पोखरेलले बताए।

यादवको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल प्रहरी प्रभाग लुभुको नियन्त्रणमा छ। घटनाको थप अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*