संसद् भवनअगाडि एक पुरुषद्वारा आत्मदाहको प्रयास

हेटौंडा टुडे
२०७९ माघ १०, मंगलवार १५:५० गते

हेटौंडा|बानेश्वरस्थित संसद् भवनअगाडि एक व्यक्तिले मंगलवार आफैंलाई आगो लगाएका छन् ।

झोलामा बोकेर ल्याएको प्रज्ज्वलनशील पदार्थ (सम्भावित पेट्रोल) खन्याएर उनले शरीरमा आगो लगाएका हुन् ।जल्दै गरेको अवस्थामा उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार उनको नाम प्रेमप्रसाद आचार्य र घर इलाम हो ।उनको उमेर अन्दाजी ४० वर्ष छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*