लाइन बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ माघ १२, बिहीबार १२:४४ गते

हेटौंडा| बाराको परवानीपुर गाउँपालिकामा विद्युतीय पोलमाथि चढेर लाइन बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-२७ का ३० वर्षीय राजु महतो रहेका छन् ।

परवानीपुर गाउँपालिका-५ बुनियादमा पोलमाथि चढेर लाइन बनाउने क्रममा करेन्ट लागेर घाइते भएका महतोको उपचारको क्रममा न्युरो अस्पताल परवानीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*