हेटौंडा| झापाको मेचीनगर नगरपालिका-६ मा बिहीबार अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक मेचीनगर नगरपालिका-७ करुणा बस्तीका ७३ वर्षीय जयनारायण ढुंगानाको धुलाबारीस्थित आम्दा अस्पतालमा सवा ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय काकडभित्ताले जनाएको छ।
प्रदेश १ ०१ ००१ ह ७६२९ नम्बरको अटो रिक्सा बिहीबार बिहान पौने १० बजे पल्टिएको थियो।
सेयर गर्नुहोस्






















