हर्क साम्पाङद्वारा प्रधानमन्त्री शाहको राजीनामा माग

हेटौंडा टुडे
२०८३ जेष्ठ ७, बिहीबार १२:५७ गते

हेटौंडा। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । संसद बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नको समयमै जवाफ नदिएको आरोप लगाएका हुन ।

राईले सीमा समस्या तथा लिपुलेक सम्बन्धी प्रश्नको ७ दिनभित्र जवाफ दिनुपर्ने नियम भए पनि अहिलेसम्म जवाफ नआएको गुनासो गरेका छन । प्रधानमन्त्रीले आफ्नो कर्तव्य पूरा गर्न नसके मार्गप्रशस्त गर्नुपर्ने उनको भनाइ रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*