कलाकार पवन खतिवडा म्याकुरी हिरासतबाट छुटे

हेटौंडा टुडे
२०७९ फाल्गुन ४, बिहीबार ११:०५ गते

हेटौंडा|गएराति मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पक्राउ परेका कलाकार पवन खतिवडा म्याकुरी हिरासतबाट छुटेका छन्।

बुधबार पीडित पक्षसँग मिलापत्र गरेपछि हिरासतबाट खतिवडा छुटेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले जानकारी दिए।

मंगलबार राति बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मापसे गरी कुटपिट गरेपछि उनसहित दुईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी र सोही ठाउँका रमेश भण्डारीले बेलबारी–४ का जीवन कार्कीमाथि कुटपिट गरेका थिए।

त्यसपछि प्रहरीले उनीहरू दुबैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेको थियो। बुधबार अपराह्न कार्यालय पुगेका पीडित पक्षले मिलापत्र गरेसँगै उनीहरू छुटेका हुन्। खतिवडा म्याकुरी थेगोले उनी चर्चित छन‍्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*