हेटौंडा| बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा कार दुर्घटना हुँदा ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको पहिचान खुलेको छैन । मृतक चारै जना पुरुष रहेका छन् ।
भारतीय नम्बर प्लेटको बीआर०६ डिडी ०६८७ नम्बरको कार मंगलबार राति कमलामाई नगरपालिका(३ गढीगेट नजिक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
कार सडकबाट पाँच सय मिटर तल खसेको छ । एक जनाको शव सिन्धुली अस्पतालमा र तीन जनाको शव घटनास्थलमै रहेको छ । भिरमा दुर्घटना भएकाले शव निकाल्न नसकिएको र सेनाको सहयोग मागिएको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्






















