बस दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा टुडे
२०८० जेष्ठ ५, शुक्रबार १५:१९ गते

हेटौंडा|  दाङको देउखुरीमा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रोल्पा रुन्टीगढी-९ की २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा २३ जना घाइतेलाई उपचारका लागि लमही पठाइएको छ ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका-३ फल्कापुरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*