संघीय सरकारबाट मकवानपुरको लागि ४ अर्ब २९ करोड ५८ लाख रुपैयाँको बजेट प्राप्त

हेटौंडा टुडे
२०८० जेष्ठ १७, बुधबार १०:३५ गते

हेटौँडा । मकवानपुरको १० स्थानीय तहमा संघीय सरकारबाट लागि ४ अर्ब २९ करोड ५८ लाख रुपैयाँको बजेट प्राप्त हुने भएको छ । जिल्लाका दश वटा स्थानीय तहका लागि ४ अर्ब २९ करोड रुपैयाँ पठाउने भएको हो । जिल्लाका दश स्थानीय तह मध्यमा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिकाले प्राप्त गरेको छ घने सबैभन्दा कम इन्द्रसरोबर गाउँपालिकाले प्राप्त गर्ने भएको हो ।

हेटौंडा उपमहानगरपालिकाले १ अर्ब १४ करोड ५० लाख रुपैयाँ प्राप्त गर्दा दोश्रो नंबरमा बकैया गाउँपालिकाले ४६ करोड प्राप्त गर्ने भएको छ । थाहा नगरपालिकाले ४५ करोड ४ लाख रुपैयाँ, ईन्द्र सरोवर गाउँपालिकाले २३ करोड ३६ लाख रुपैयाँ, कैलाश गाउँपालिकाले २८ करोड३२ लाख रुपैयाँ, बागमती गाउँपालिकाले ३५ करोड १४ लाख रुपैयाँ, भीमफेदी गाउँपालिकाले ३४ करोड ४६ लाख रुपैयाँ प्राप्त गर्ने भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*