हेटौंडा|प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन, बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो ।
आजको बैठकमा पनि आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ ।
छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन् । तर, अर्थमन्त्री प्रकाशशरण महतले भने बजेटको बचाउ गर्दै आएका छन् ।
सेयर गर्नुहोस्






















