हेटौडा । मकवानपुरगढी गाउपलिका वडा नम्बर ६ मा नि:शुल्क स्वास्थ्य सिबिर हुने भएको छ । नेपाल औषाधी ब्यबसायी संघको ५० औ दिवसको अबसरमा सिबिर आयोजना हुन लागेको हो । यहि असार १० गते आईतवार एक दिनको लागि हुने स्वास्थ्य सिविरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा , स्त्री प्रसुती तथा प्रजनन् रोग विशेषज्ञ सेवा र जनरल फिजिसियन सेवाहरुको उपलब्ध रहने शिबिर संयोजक भारत कार्कीले बताउनु भयो ।
शिबिरमा जुनसुकै उमेर समूह र जुन सुकै वडा बाट पनि स्वास्थ्य चेक जाच गर्न सकिने ब्यबस्था रहेकाले निर्धक्क भएर स्वास्थ्य जाच गर्नको लागि आउन सबै वडा बासि एवंम पालिका बासीहरुमा ६ नम्बर वडाका वडा अध्याक्ष् कृष्ण बजगाईले बताउनु भयो । साथै आफ्नो वडामा यसरि निसुल्क स्वाथ्यकर्मी सहितको टोलि ल्याएर सिबिर संचालन गर्न लागेको प्रति उहाले नेपाल औसधि ब्य्बसायो संघलाई धन्यबाद दिनु हुदै आगनमा आएको यो अबसरबाट कोहि पनि बन्चित नभई सबैले स्वास्थ्य सिविरमा उपस्थित भई स्वास्थ्य जाच गर्न समेत आग्रह गर्नु भयो ।सिबिर आसर १० गते आईतबार बिहान १० बजे बाट साझ सम्म संचालन हुने छ






















