चित्लाङ आउँदै गरेको गाडी दुर्घटना अपडेट : २ जनाको मृत्यु

हेटौंडा टुडे
२०८० श्रावण १२, शुक्रबार १८:३२ गते

हेटौंडा ।  काठमाडौंको थानकोटबाट मकवानपुरको चित्लाङ आउँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार थानकोटबाट चित्लाङ आउँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको थियो। गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको र दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका अनिल तामाङ रहेका छन् । प्रहरीका अनुसार गाडी दुर्घटनाको कारण खुलेको छैन । गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेर दुर्घटना भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*