हेटौंडा । हेटौंडाका एक व्यक्तिको हराएको रकम फेला पारी प्रहरीले बुझाएको छ ।सोमबार विहान ११ बजे हराएको रकम फेला परी सम्बन्धित व्यक्तिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।
हेटौंडा उपमहानगरपालिका(८ कमानेका ६० बर्षीय माधव प्रसाद थपलियाले हेटौंडा(१० स्थित बैंक रोडबाट रकम हराएका थिए । त्यसपछि उनले प्रहरीमा उजुरी गरे । उजुरीको आधारमा खटिएको प्रहरी टोलीले ७० हजार रूपैयाँ र सानो ब्याग फेला पारी थपलियालाई बुझाएको मकवानपुर प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्






















