हेटौडा । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाई र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमको आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।
सेयर गर्नुहोस्






















