हेटौंडा। मकवानपुरको भीमफेदीमा गुडि रहेको सुमोमा ढुङ्गा खस्दा एक जना यात्रु घाइते भएकी छिन्। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी ८ बगुवामा काठमाण्डौ बाट यात्रु बोकेर सर्लाही तर्फ चादै गरेको ना १ ज ५९४३ नम्बरको टाटा सुमोमा सडक माथिबाट ढुङ्गा खसि सुमोको झ्यालको सिसा फुट्दा सुमोमा सवार वतन नखुलेको अन्दाजी ३० वर्षीया महिला घाइते भएकि छिन्।
टाउकोमा चोट लागि महिलाको अवस्था गम्भिर रहेको उपचारको लागि हेटौडा ल्याइदै गरेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश साहले जनाएका छन्।
सेयर गर्नुहोस्






















