हेटौँडा। राइटपाथ करिअर काउन्सिलिङले आयोजना गर्न लागेको ‘ग्रान्ड एजुकेशन कन्क्लेभ २०२४’ मा सहभागी हुने विद्यार्थीलाई आकर्षक अफरसमेत प्रदान गर्ने भएको छ। हेटौँडा-४ स्कूलरोडस्थित मारवाडी सेवा सदनको व्यापारिक कम्प्लेक्समा आयोजना हुने कन्क्लेभका लागि विदेशी विश्वविद्यालयका प्रतिनिधिहरूसमेत हेटौँडा आउने राइटपाथले जनाएको छ।
कन्क्लेभमा सहभागी सबै विद्यार्थीलाई प्रक्रिया शुल्क निःशुल्क गरिनुका साथै ओम्याक्स हलको मुभि टिकेट पनि निःशुल्क प्रदान गरिने छ। त्यसैगरी कन्क्लेभमा सहभागी हुने विद्यार्थीहरूलाई आइएलटीएस परीक्षाको २ महिनाको कोर्स मात्र २ हजार ८१ रूपैयाँमा उपलब्ध गराइने राइटपाथका सञ्चालक मनिष अधिकारीले बताएका छन्।विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिनुका साथै आइएलटीएस परीक्षा तयारीका लागि सुलभ मूल्यमा कोर्स सिकाउने हाम्रो उद्देश्य रहेको छ,” उनले भने।अधिकारीका अनुसार राइटपाथले मेलाका बेला विदेशी विश्वविद्यालयहरूको प्रतिनिधिहरूलाई पनि बोलाउने भएकाले विद्यार्थीहरू छात्रवृत्ति तथा कोर्स छनोटबारे पनि अनलाइन र भेटघाटवाटै जानकारी लिन सक्नेछन्।






















