गणतन्त्र दिवसमा रक्तदान तथा स्वास्थ्य परीक्षण

हेटौंडा टुडे
२०८१ जेष्ठ १४, सोमबार १२:५० गते

हेटौंडा। गणतन्त्र दिवस २०८१ को अवसरमा हेटौंडामा रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजना तथा हातेमालो बचत सहकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

हेटौंडा स्थित बुद्धचोकमा भएको उक्त रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । बागमती प्रदेश स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको उपस्थितिमा उक्त रक्तदान कार्यक्रम भएको थियो । रक्तसंचार केन्द्रमा रगतको अभाव नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य मन्त्री श्रेष्ठले बताउनुभयो ।

रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उहाँले यस्ता कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको बताउनुभयो । आफ्नो अमूल्य रगत दान गर्ने सहयोगीलाई उहाँले धन्यवाद समेत दिनुभयो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रिबहादुर खड्का, प्रवत्ता डा।खगेश्वर गेलाल,सुचना अधिकारी डा।रविन भुसाल लगायको उपस्थिति रहेको थियो । हातेमालो सहकारीको १८ औं स्थापना दिवसको अवसर समेत भएकाले उक्त कार्यक्रममा सहकार्य गरेको सहकारीका सचीव सिताराम दाहालले जानकारी दिनुभयो । कार्यक्रममा नसर्ने रोगहरु मधुमेह, रक्तचापको ८० जनाले निस्शुल्क परिक्षण गराएको दाहालले जानकारी दिनुभयो । उक्त रक्तदान कार्यक्रममा हेटौंडा– १ स्थित सन्चो हस्पिटलले सहकार्य गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*