गाँजा बोकेका दुई वटा गाडीलाई नियन्त्रणमा लिन प्रहरीले चलाए गोली ,एक चालक पक्राउ

हेटौंडा टुडे
२०८१ मंसिर १९, बुधबार १२:२५ गते

 हेटाैंडा । गाँजा बोकेका दुई वटा गाडीलाई नियन्त्रणमा लिन सुनसरी प्रहरीले गोली चलाएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार धनकुटाबाट धरान आउँदै गरेको गाडी नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

प्रहरीको चेक प्वाइन्ट देखेपछि दुवै गाडीका चालक भाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको हो ।

प्रहरीले उक्त गाडीबाट ६ सय ९० किलो गाँजा बरामद गरेको छ । दुई मध्ये एक जना चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*