हेटौँडा सिमेन्ट उद्योगले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्दै

हेटौंडा टुडे
२०८१ पुष ५, शुक्रबार १४:५५ गते

हेटौंडा। हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ। उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिएका छन्।

उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो। उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको उनको भनाई छ।

आर्थिक अभावका कारण यसअघि पनि दुई महिना उद्योग बन्द भएको हुदा फेरि भदौ महिनाको तेश्रो साताबाट सिमेन्ट उत्पादन शुरु गरेको सो उद्योगले यसअबधीमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए। २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन शुरु गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*