पेस्तोल तथा गोली सहित दुई व्यक्ति पक्राउ

हेटौंडा टुडे
२०८१ फाल्गुन १२, सोमबार १५:५२ गते

हेटौंडा । हेटौँडाबाट पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेबाट एक थान पेस्तोल र ३ राउन्ड गोलीसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सिहुहर धनहरा ग्राम बस्ने २२ वर्षीय धिरज कुमार र भारत बिहार राज्य मोतिहारी बहरी  बस्ने २६ वर्षीय दिपक कुमार रहेका छन्।

प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको प्रहरीले रौतहटबाट चितवनतर्फ आउँदै गरेको ना ८ ख ८७७३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पेस्तोल तथा गोली सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*