‘हेल्लो काँशीराम’ फिल्मको फस्टलुक्स सार्वजनिक

हेटौंडा टुडे
२०८१ चैत्र ३, आईतवार १४:०७ गते

हेटौंडा । आगामी वर्ष २०८२ जेठ २ मा प्रदर्शन मिति तोक्दै फिल्म ‘हेल्लो काँशीराम’ को फस्टलुक्स सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेता दिलीप रायमाझीले काँधमा बोकाे बोकेर हिँडिरहेको जस्तो देखाइएको छ। पोस्टरले फिल्म कमेडी शैलीमा बनेको संकेत गरेकाे छ तर टिमले कथावस्तुबारे खुलाएको छैन। फिल्म रिम विश्वकर्माले निर्देशन गरेका हुन्। निर्देशक विश्वकर्माले नै फिल्मको कथा लेखेका छन्।

दिलीपसँगै फिल्ममा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायाललगायतको अभिनय छ। अभिनेत्री  त्यसैगरी प्रियंका कार्की भने अतिथिको भूमिकामा देखिनेछिन्।

 रेडलाइन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्माता पीबी थापा हुन्। यम आलेले छायांकन गरेको फिल्म मित्र डी गुरुङको सम्पादन कविराज गहतराजको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशनमा बनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*