आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

हेटौंडा टुडे
२०८२ बैशाख १९, शुक्रबार ११:०७ गते

हेटौंडा ।  सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।
संयुक्त बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । सांसदहरूलाई दिउँसो २:४५ बजेभित्र आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ ।
बैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।
वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

संघीय संसद्को आजको बैठक राजनीतिक तथा आर्थिक दृष्टिकोणले निकै महत्वपूर्ण हुने विश्लेषण गरिएको छ। आगामी बजेटको दिशानिर्देशकका रूपमा समेत आज सार्वजनिक हुने नीति तथा कार्यक्रमलाई हेरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*