खुर्पा प्रहार गरी चितवनमा एक व्यक्तिले गरे आफ्नै छोरी र भतिजको हत्या

हेटौंडा टुडे
२०८२ जेष्ठ २, शुक्रबार १२:११ गते

चितवनको भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा एक व्यक्तिले आफ्नी छोरी र दाजुको छोराको हत्या गरेका छन्।  उनले आफ्नै छोरी र भतिजको हत्या गरी आफूले समेत आत्महत्याको प्रयास गरेको हो।

४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा अन्दाजी ७ वर्षको सजन गिरी र आफ्नी छोरी प्रभालाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन्।  खुर्पा प्रहारबाट गम्भीर घाइते भएका सजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो। घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए। उनको गम्भीर अवस्थामा उपचार जारी रहेको चितवन प्रहरीले जनाएको छ। निज लिलाराज गिरी पूर्व सैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएका अवस्थामा घटना गराएको प्रारम्भिक रुपमा बुझिएको छ।

घटनाको कारण खुलेको छैन। प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*