हेटौंडा । आज पनि मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । सोमबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बस्ने तय भएपनि बालुवाटारमा बस्ने कि सिंहदबारमा भन्ने विषय भने टुंगो लागेको छैन । आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल रहेको बताइएको छ । मन्त्रिपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक बस्ने छ । समितिले गभर्नरमा तीन जनाको नाम सिफारिस गर्नेछ । कांग्रेस र एमालेबिच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भइसकेकाले समितिको बैठक बसेर उनीसहित अन्य दुई जनाको नाम सिफारिस गर्ने तयारी भइरहेको बुझिएको छ ।
सेयर गर्नुहोस्






















