हेटौंडा। हेटौंडामा खाना पकाउदा खाने तेल भनेर डिजेल हाल्दा जलेर दुईजना घाइते भएका छन् । बुधबार अपरान्ह हेटौंडा -८ कमानेस्थित नमुनाटोलको एक घरमा भएको सो घटनामा २ जना घाइते भएका हुन्।हेटौंडा -८ कमानेस्थित नमुनाटोल बस्ने बच्चा देवान बाबुको घरमा डेरा गरी बस्ने पर्सा वीरगन्ज महानगरपालिका- ३० बस्ने सलाउदिन देवानको १३ वर्षीया छोरी असिया खातुनले तरकारी पकाउनको लागि खाने तेलको सट्टा डिजेल खन्याउदा आगो लागेको मकवानपुर प्रहरीले जनाएको छ ।
आगोले असिया खातुन र भारतको बिहार राज्यको मोतिहारी आदापुरग्राम कलबारी मझौलिया बस्ने समिम आलमको श्रीमती वर्ष २५ कि अफ्रिदा खातुन पनि घाइते भएको जनाइएको छ। आगलागीमा दुवैको शरिरका विभिन्न भाग जलेको र घाइते दुबैजनालाई उपचारको लागी हेटौंडा अस्पताल ल्याइएको जनाइएको छ।
उक्त आगलागीबाट धान, चामल र कपडा गरी अन्दाजी २० हजार बराबर क्षति भएको जानकारी दिइएको छ।






















