सदनमा निलो रिबन लगाएर रास्वपा सांसदहरूको विरोध

हेटौंडा टुडे
२०८२ असार ३, मंगलवार १४:३८ गते

हेटौंडा ।  भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार पनि निरन्तरता दिएको छ। भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरिरहेको रास्वपाका सांसदहरूले निलो रिबन लगाएर विरोध गरेका हुन्। मानव तस्करीविरूद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउँछ। मंगलबार रास्वपा सांसदहरू निलो रङको रिवनसहित संसद भवन पुगेका छन्।

भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिनमा परेयता रास्वापाले संसदीय छानबिन समिति बनाउन माग गर्दै प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएको छ। यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता भएको भन्दै रास्वपाले छानबिनका लागि संसदीय समिति बनाउन माग गरिरहेको हो। यसअघि रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*