आज सुनको मूल्य ५ हजार १०० रुपैयाँले घट्यो

हेटौंडा टुडे
२०८३ जेष्ठ २८, बिहीबार ११:२८ गते

हेटौंडा । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु पाँच  हजार १०० र चाँदी रु ९० ले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम गरिएको छ। यसअघि हिजो बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि आज गिरावट देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँमा खरिद(बिक्री भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ३ हजार ९८७ रुपैयाँ रहेको हो ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा फेरबदल हुने गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*