हेटौंडा । हेटौंडा बसपार्कबाट खैरो हेरोइन सहित एक युवक पक्राउ परेको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रबाट लागू औषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेको हो। बुधबार बिहान करिब ३:१५ बजे लागू औषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बसपार्कस्थित ठेकिको छेउमा शंकास्पद रूपमा उभिएका हेटौंडा–१२ निवासी १९ वर्षीय प्रितम बललाई फेला पारी खानतलासी गर्दा लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ४०० मिलिग्राम फेला परेको मकवानपुर प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जनकारी दिएका हुन। प्रितम बलले उक्त लागू औषध प्लास्टिकमा पोको पारेर आफ्नो पाइन्टको खल्तीमा लुकाइराखेको अवस्थामा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई लागुऔषध सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएका छन।






















