हेटौंडामा टोल विकास संस्थाको रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न

हेटौंडा टुडे
२०८२ असार १६, सोमबार १४:१९ गते

हेटौंडा ।  हेटौंडा उपमहानगरपालिकामा टोल विकास संस्था स्थापना भएको २५औं स्थापना दिवस तथा रजत जयन्ती विशेष समारोह टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ।  हेटौंडा उपमहानगरपालिका प्रमुख श्रीमती मिना कुमारी लामाज्यू प्रमुख आतिथ्यतामा तथा वडा नं. ४ का वडा अध्यक्ष नविन सिग्देल, वडा नं. ११ का वडा अध्यक्ष जुना दाहाल, सामाजिक विकास महाशाखाका प्रमुख डा. भिमप्रसाद तिमल्सिना, संस्थाका सल्लाहकारहरू डा.बलराम भट्ट, प्रताप विष्ट, ज्ञान बहादुर थापा, राजु अधिकारी, जगन्नाथ सापकोटा लगायत, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, समाजसेवीहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु र अग्रज अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

समारोहले टोलस्तरीय सामाजिक उत्तरदायित्व, सहभागिता, वातावरणीय सचेतना र समुदाय नेतृत्वलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो । नगरभरिका टोलहरूको प्रतिनिधित्वसहित सम्पन्न कार्यक्रमले संस्थाको २५ वर्षे योगदानको समीक्षा गर्दै सम्मान, समर्पण र सहकार्यको भावनालाई अझ सशक्त बनाएको छ । टोल विकास संस्था नगर समन्वय समितिका संस्थापक अध्यक्ष स्वर्गीय रमेश रत्न स्थापितको स्मृतिमा स्थापना गरिएको “स्व. रमेश रत्न स्मृति सम्मान”–२०८२ यस वर्ष चन्द्रशेखर ढुंगाना (हेटौंडा–२) लाई प्रदान गरिएको छ ।

सामाजिक नेतृत्व, महिला सशक्तिकरण, सरसफाइ, सहकार्य र समुदाय विकासका क्षेत्रमा विशिष्ट योगदान पुर्रयाउनु हुने टोल विकास संस्था नगर समन्वय समितिका संस्थापक हेटौंडा–१ का उत्तम प्रसाद पौडेल र वेगम बराल, हेटौंडा–२ की सानु श्रेष्ठ, हेटौंडा–४ की तिर्थ देवी सिलवाल र लक्ष्मी पुलामी, हेटौंडा–५ का ज्ञान बहादुर थापा र उमा राई, हेटौंडा–६ का श्याम प्रसाद भट्टराई, हेटौंडा–७ का राजु वाईवा, हेटौंडा–८ का हरिकृष्ण श्रेष्ठ, हेटौंडा–९ का मुकुन्द प्रसाद अधिकारी, हेटौंडा–१० की शान्ता गजुरेल र हेटौंडा–११ का पूर्णभक्त लामालाई रजत जयन्ती विशेष सम्मान प्रदान गरीएको छ ।

कार्यक्रममा वडा नं. १ बाट चेतनशिल टोल विकास संस्था, वडा नं. २ बाट सिद्धार्थ टोल विकास संस्था, वडा नं. ३ बाट वसाहा महादेव टोल विकास संस्था, वडा नं.४ बाट वुद्ध टोल विकास संस्था, वडा नं.५ बाट ज्ञान दिप टोल विकास संस्था, वडा नं.६ बाट गुप्तेश्वरी टोल विकास संस्था, वडा नं.७ बाट किरणचोक टोल विकास संस्था, वडा नं.८ बाट कालिकामाई टोल विकास संस्था, वडा नं.९ बाट प्रगति टोल विकास संस्था,वडा नं. १० बाट नमुना टोल विकास संस्था,वडा नं.११ बाट कृष्ण मन्दिर टोल विकास संस्था, वडा नं.१२ बाट सुनौलो टोल विकास संस्था, वडा नं.१३ बाट पध्म विनायक टोल विकास संस्था,वडा नं. १४ बाट कालीदेवि टोल विकास संस्था, वडा नं.१५ बाट सानो सुकौली टोल विकास संस्था, वडा नं.१६ बाट पुर्वेली दमार टोल विकास संस्था, वडा नं.१७ बाट डिपुचौरू टोल विकास संस्था, वडा नं. १८ बाट भुटनदेवी टोल विकास संस्था, र वडा नं.१९ बाट तपोवन टोल विकास संस्थालाई सामाजिक सहभागिता, वातावरणीय सचेतना, आर्थिक सक्रियता, महिला तथा युवा सशक्तिकरण जस्ता मापदण्डका आधारमा उत्कृष्ट ठहरिएका संस्थाहरूलाई प्रमाणपत्र, दोसल्ला र नगद पुरस्कारसहित सम्मान गरिएको थियो । समारोहकै अवसरमा टोल विकास अभियानका विविध जानकारी, कार्यविधि, लेख, अनुभव तथा बिधान समेटिएको टोल विकास स्मारिका–२०८२ विमोचन गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले सशक्त टोल संस्था भनेको नै समुन्नत नगरको आधार हो । टोल स्तरमा भएको सहभागिता, सचेतना र सेवा भावनाले नै समावेशी र सक्षम स्थानीय शासन सम्भव बनाउँछ भन्दै टोल विकास संस्थाहरुले हाल सम्म नगरको सामाजिक परीवर्तन र रुपान्तरणमा खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।

नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले भने, २०५६ सालको असार १४ गते नेपालमा पहिलो पटक हेटौंडाबाट सुरु गरिएको टोल विकास अभियान आज २५ वर्षको यात्रा पुरा गरेको जानकारी गराउँदैं समाज रूपान्तरणको आधार, सहकार्य र समर्पणको प्रतीक टोल विकास संस्थाको अभियानलाई अझै मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सफा,हरित,सुरक्षित र समुन्नत नगर बनाउने यो अभियानमा टोलहरूको निरन्तर सक्रियता रहेको जानकारी गराउ“दैं रजत जयन्तीको सन्दर्भमा सम्मानित सम्पूर्ण अग्रज टोल विकासकर्मीहरू, पुरस्कृत टोल संस्थाहरू,सम्मानित व्यक्तित्वहरू र समस्त सहभागी टोल विकास अभियन्तालाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा टोल विकास संस्थाको अभियानलाई अझ सशक्त बनाउदैं लैजाने साथैं दिनमा सामाजिक कार्यमा सहयोग पुर्याउने अपेक्षा सहित संस्थापक अध्यक्ष स्वर्गीय रमेश रत्न स्थापितको नाममा रु.१ लाखको “स्व.रमेश रत्न स्मृति अक्षयकोष” घोषणा गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*