अब देखि मकवानपुरगढी – ५ बाट नै सामाजिक सुरक्षा भत्ता रकम वितरण हुने

हेटौंडा टुडे
२०८२ असार २०, शुक्रबार २१:५१ गते

हेटौडा । मकवानपुरगढीको मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ५ बाट जेष्ठ तथा अशक्त नागरिकलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता रकम वितरण हुने भएको छ । गाउँपालिकाले मक्रान्चुली केन्द्रमा रहेको नबिल बैंकसम्म आफ्नो पालिका भित्र बसोबास गर्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई समस्या भएपछि वडा स्तरबाट २०८० माघ ४ गते देखि सेवा सुरु गरेको थियो । पालिकाले हाल सम्म वडा बाट नै सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्ने काम वडा नम्बर १,२,६,७,८, मा गरि जम्मा ५  वटा वडा बाट वितरण गरिसकेको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताउनु भयो ।

यसअघि सामाजिक सुरक्षा भत्ता लिनका लागि मकवानपुरगढी गाउँपालिकाका नागरिकहरु तिन चार घण्टा पैदल हिँडेर गाउँपालिका नजिक रहेको नबिल बैंकमा जानुपर्ने बाध्यता हटेको मकवानपुरगढी गाउपालिका वडा नम्बर – ५ का वडा अध्यक्ष दिपेश दाहालले बताउनु भयो ।

आर्थिक बर्ष २०८२/०८३  को नीति तथा कार्यक्रमामा नै सबै वडा बाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने लक्ष्य अनुसार आर्थिक बर्ष २०८१ / ०८२ को चौथो किस्ता देखि सामाजिक सुरक्षा भत्ता रकम वडा कार्यालयबाट नै वितरण गर्नको लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको औठा छाप बैकिंङ् प्रणालीमा प्रविस्ट गर्ने काम हिजो बिहिबार र आज शुक्रबार सपन्न भएको वडा अध्यक्ष दाहालले बताउनु भयो । साथै अबको किस्ता  देखि ५ नम्बर वडा कार्बायालय बाट  नै सामाजिक सुरक्षा भत्ता वितरण हुने भए पछी लाभग्राही अत्यन्तै खुसी भएको उहाले बताउनुभयो ।

मकवानपुरगढीका  ८ वटा वडाहरु मध्ये अब  मात्र  ४ नंबर वडा कार्मायलाबाट सामाजिक सुरक्षा भत्ता वितरणको काम  बाकि रहेकोले यहि साउन २ गते र ३ गते लाभग्राहीहरुको औठा छाप बैकिंङ् प्रणालीमा प्रविस्ट गर्ने काम  हुने र  यो संगै मकवानपुरगढी गाउँपालिकामा सबै वडा बाट सामाजिक सुरक्षा भत्ता रकम वितरण कार्यले पूर्णता पाउने गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सुधन लामिछानेले  बताउनु भयो ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यको लागि  कर्मचारी, पंजीकरण साखाका कर्मचारी, वडाका कर्मचारी सुरक्षाकर्मी नगर प्रहरीको सहयोगमा वडाबाटै भत्ता पाउन भए पछी अहिले मकवानपुरगढी गाउपालिकाभित्रका अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरूले यो कार्यप्रति स्थानीय सरकारलाई धन्यबाद दिदै खुसि भएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*