निजी कारबाट १३३ किलो गाँजा बरामद, चालक फरार

हेटौंडा टुडे
२०८२ श्रावण ६, मंगलवार १२:२४ गते

हेटौंडा ।  रौतहटको गरुडामा प्रहरीले निजी कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । गरुडा नगरपालिका-५ मा रहेको झाँझ खोला नजिकै ग३च ६७९६ नम्बरको कारबाट प्रहरी १३ पोकामा रहेको १३३ किलो गाँजा बरामद गरेको हो ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको कारलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न खोज्दा कार नरोकेर फरार भएको थियो । प्रहरीले गाडीलाई पछयाउँदै जाने क्रममा झाँझ खोला नजिक रहेको खरको घारीमा छोडेर चालक फरार भएका थिए । सडकभन्दा तल झण्डै २० फिट गहिरो खरको घारीमा गाडीलाई छोडेर सवार व्यक्तिहरू फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गाडीलाई क्रेनको सहायताले निकालेर त्यसमा रहेको गाँजा निकालेर नियन्त्रणमा लिइएको  प्रहरीले जानकारी दिए। गाडी छाडेर चालक फरार भए पनि सवारी चालक अनुमति पत्र र गाडीको कागजाता फेला परेको प्रहरीले बताएका छन । फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जानकारी पनि दिएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*