आज घट्यो सुनचाँदीको मूल्य

हेटौंडा टुडे
२०८२ श्रावण ८, बिहीबार ११:०८ गते

हेटौंडा।  नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । यससँगै बुधबार तोलामा २३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २३ सय ३५ रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*