आफैँ पढ्ने स्कुलको बसले किच्दा ५ वर्षीया बालिकाको मृत्यु

हेटौंडा टुडे
२०८२ श्रावण १३, मंगलवार ११:५८ गते

हेटौंडा । सर्लाहीमा आफैँ पढ्दै आएको बोर्डिङ स्कुलको बसले किच्दा ५ वर्षीया बालिकाको मृत्यु भएको छ।  ब्रह्मपुरी गाउँपालिका-७ मोहनगञ्जमा सोमबार साँझ स्कुल बसले किच्दा स्थानीय रमेश महतोकी-५ वर्षीया छोरी आशिका महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

ईश्वरपुर नगरपालिका-१ चौलिखामा रहेको टेमुको एकेडेमी स्कुलको मधेस प्रदेश ०३-००१ क २५४२ नम्वरको बसले किच्दा बालिकाको मत्यु भएको हो।  साेमबार स्कुल छुट्टी भएपछि बस छढेर घर गएकी बालिकालाई घर अगाडि झरेपछि बसको चक्काले किचेको प्रहरीले जनाएको छ।

बसले टाउकोमा किच्दा गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि ईश्वरपुर नगरपालिका बयलवासस्थित जीवन नारायण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। बालिकाको शव पोष्टमार्टमका लागि सोमबार साँझ प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ। दुर्घटनापछि स्कुल बस चालक भने फरार रहेका छन्। बसलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*