सर्वोच्चको तीन इजलासमा भ्रष्टाचारका ९९ मुद्दा पेशीमा

हेटौंडा टुडे
२०८२ श्रावण १६, शुक्रबार १२:२७ गते

हेटौंडा । सर्वोच्च अदालतमा आज (शुक्रवार) तीन वटा इजलासमा भ्रष्टाचारसम्बन्धी ९९ थान मुद्दा पेसीमा तोकिएको छ ।

न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा झुट्टा प्रमाणपत्रका आधारमा शिक्षक नियुक्तिदेखि सवारी चालक अनुमतिपत्रमा चलखेल, सरकारी रकम हिनामिना, परीक्षा परिणाम फेरबदल लगायत भ्रष्टाचारसम्बन्धी ३२ वटा पेसी सूचीमा छन् ।

त्यस्तै न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासमा ३४ थान मुद्दा पेसी तोकिएको छ ।  सरकारी सम्पत्ति हिनामिना,नपाएको ‌ओहदा पाए भनी भ्रष्टाचार गरेको, राजश्व चुहावट र हानिनोक्सानी,परीक्षाको परिणाम फेरबदल, विद्यालय भवन निर्माणको रकम हिनामिना, सरकारी कागजात हेरफेर गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता लगायतमा भ्रष्टाचार मुद्दा पेसीमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*