नक्कली नोट सहित २ जना पक्राउ

हेटौंडा टुडे
२०८२ श्रावण २०, मंगलवार १३:१८ गते

हेटौंडा । नक्कली नोट सहित २ जना पक्राउ परेको छ। सुनसरीको कोसी गाउँपालिका-८, भिमनगरबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार राति प्रहरीले उनिहरुको साथबाट नेपाली १ हजार दरका ३८ थान नक्कली नोट बरामद भएको इलाका प्रहरी कार्यालय भाण्टाबारीले जनाएको छ।
पक्राउ पर्नेमा सप्तरीको हनुमान कंकालिनी गाउँपालिका-१ का २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका-२ का २५ वर्षीय राजेश कुमार रजक रहेका छन्।

इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*