मुकुन्द रुपाखेतीको तिज गित “नारी मस्तिमा” सार्वजनिक

हेटौंडा टुडे
२०८२ श्रावण २१, बुधबार १४:२८ गते

हेटौंडा । आउँदै गरेको तीजलाई लक्षित गरी ‘नारी मस्तिमा’ बोलको तीज गीत सार्वजनिक भएको छ।  मुकुन्द रूपाखेतीको शब्दमा तयार पारिएको यस गीतमा गायिका सिर्जना खत्री ‘हाउडेमाया’ कै स्वर तथा संगीत सुन्न सकिन्छ । गीतको कथा समेत खत्रीकै रहेको छ । भिडियोमा सिर्जना खत्री ‘हाउडेमाया’ छुट्टै खाल्को साडिमा टिपटप बनेको देखिन्छ।

‘नारी मस्तिमा’ गीतले तीजको अवसरमा महिलाहरूले आफ्ना पीडा बिर्सेर स्वतन्त्र रूपमा रमाइलो गर्ने सन्देश दिन खोजेको छ । गीतको भिडियो नीतिन चन्दले निर्देशन गरेका हुन्। भिडियोमासारी लगाएर चिटिक्क परेर बस्तीबस्तीमा महिलाहरू नाच्दै रमाएको दृश्यलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*