हेटौंडा राप्ती खोलामा ९ वर्षीया बालिका मृत फेला

हेटौंडा टुडे
२०८२ भाद्र १८, बुधबार ११:३६ गते

हेटौंडा ।  हेटौंडा–१९, पुलचोक टोल निवासी कुमार थिङकी ९ वर्षीया छोरी प्रभा थिङ राप्ती खोलामा मृत फेला परेकी छन्।  प्रभा थिङ  भदौ १७ गते दिउँसो करिब ४ बजे आफ्नै घरबाट एक्लै निस्किएर वेपत्ता भएकी थिइन्।

आफन्त तथा प्रहरीको खोजी कार्यको क्रममा आज बिहान ८:१५ बजे घरदेखि करिब ७०० मिटर दक्षिणतर्फ रहेको राप्ती खोलाको पानीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*