मंगलबार बढ्यो सुनको मूल्य, २ लाख २१ हजार नाघेर बनायो नयाँ रेकर्ड

हेटौंडा टुडे
२०८२ आश्विन ७, मंगलवार १०:५८ गते

 हेटौंडा । सुनको मूल्य लगातार बढिरहेको छ ।  मंगलबार तोलामा २ लाख २१ हजार रुपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको हो । जसअनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सोही सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो । आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । उसो त सोमबार कायम भएको मूल्य पनि रेकर्ड नै थियो ।

यसैबिच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*