हेटौंडा । सुनको मूल्य लगातार बढिरहेको छ । मंगलबार तोलामा २ लाख २१ हजार रुपैयाँ नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको हो । जसअनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सोही सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो । आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । उसो त सोमबार कायम भएको मूल्य पनि रेकर्ड नै थियो ।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो ।
सेयर गर्नुहोस्

















