कान्तिलोकपथमा प्रवेश गर्न प्रवेशविन्दु निर्धारण

हेटौंडा टुडे
२०८२ आश्विन ८, बुधबार ११:३८ गते

हेटौंडा। कान्तिलोकपथ भएर चलने सवारीलाई दुईओटा प्रवेश विन्दु निर्धारण गरेर प्रवेश गर्ने समयावधि लम्बाइएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार एक विज्ञप्ति जारी गर्देै नजिकिदै गरेको चाडवाडलाई मध्यनजर गरेर अब ३० टन भारवहन क्षमता र अधिकतम १० चक्के सवारी साधनहरू मात्र कान्ति लोकपथमा चल्न पाउने
कुरा जनाइएको  छ।  यी सवारी साधनहरू बेलुका ९ बजेसम्म तोकिएको प्रवेश वा प्रस्थान विन्दुमा पुगिसक्नुपर्नेछ।

असोज ७ गते (मंगलबार ) देखि कोजागत पूर्णिमा (असोज २१ गते) मंगलबार सम्म लागु हुने  सार्वजनिक र निजी यात्रुवाहक सवारी साधनका लागि आवागमनको समय बढाइएको हो  ।

 सवारीका लागि मकवानपुरको सिमाना ललितपुर तर्फको बागमती गाउँपालिका वडा नम्बर २ वगुवा र ललितपुरबाट मकवानपुर प्रवेश विन्दु गोदावरी नगरपालिका-६ टिकाभैरव गरी २ ओटा प्रवेश विन्दु कायम गरिएको छ ।

 

FB_IMG_1758636559342-1758676778.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*