हेटौडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा तथा संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम मङ्सिर १९ गते राति सकिँदैछ । समय सिमा सक्किन केही घण्टा बाकी रहेको अवस्थामा रास्वपाकी पुर्व सांसद विन्वासिनी कंसाकरले दिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेसंगै भोलीबाट विस्तार कार्य प्रभावित हुने आकल भइरहदा जिल्ला प्रशासन कार्यालय र डिभिजन सडक कार्यालय हेटौंडाले सडक विस्तार कार्य नरोकिने जनाएको छ।
सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोक सामरी पुलसम्मको सडक सीमा ७५/७५ फिट विस्तार गर्न मंसिर ५ गते पुन: सूचना जारी गरेको थियो । यता सर्वोच्चको आदेशसंगै डिभिजन सडक कार्यालय हेटौडाले एक विज्ञप्ती प्रकाशन गर्दै हालसम्म अदालतबाट कुनै आधिकारीक पत्र नआएकोले सडक विस्तार कार्य स्थगन नहुने जनाएको छ । डिभिजन प्रमुखको हस्ताक्षरमा जारी विज्ञप्तीमा भोली २० गतेबाट विस्तार कार्य सुरु गरिने भनिएको छ ।






















