हेटौंडाको सडक विस्तार विरुद्धको रिट ‘हेर्न नमिल्ने’मा

हेटौंडा टुडे
२०८२ पुष २, बुधबार १४:५९ गते

हेटौंडा । हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तार विरुद्ध दायर गरिएको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ ।

रास्वपा नेतृ एवम् पूर्वसांसद विन्दवासिनी कंसकार समेतले दायर गरेको उक्त रिट सर्वोच्चको इजलास नम्बर ६ को ‘च’ नम्बरमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि आजका लागि तोकिएको सुनुवाइ रोकिएको हो । निवेदकहरूले व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप भएको र प्रक्रिया नपुर्याई संरचना हटाउन खोजिएको भन्दै मुद्दा दायर गरेका थिए ।

त्यस्तै, मङ्सिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले उक्त मुद्दासँग सम्बन्धित मिसिल झिकाउने आदेश गरेको थियो । सोही आदेशअनुसार पुस २ गतेका लागि पेसी तोकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*