रानी सामुदायिक वन उपभोक्ता समूहको २९ औं वार्षिक साधारण सभा सम्पन्न

हेटौंडा टुडे
२०८२ पुष १२, शनिबार २०:०२ गते

हेटौडा । हेटौडा – ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २९ औ वार्षिक साधारण सभा सनिवार सपन्न भएको छ । हेटौडा उपमहानगरपालिकाका उप – प्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष केशब धितालको सभाध्यक्षतामा साधारणसभा भएको सपन्न भएको हो ।

समूहका अध्यक्ष धितालले संस्थागत प्रतिवेदन, सचिव अमुना सापकोटालेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोमा लामिछानेले चालू आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित आयब्यय विवरण पेश गरेका थिए । सनिवार संम्पन्न साधारण सभामा विभित्र १८ जना ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मनित हुनेहरुमा  निवर्तमान अध्यक्ष श्री विष्णुप्रसाद न्यौपाने, निवर्तमान सचिव  श्री नानी माया रुम्बा, निवर्तमान सह – सचिव दीपक सापकोटा, निवर्तमान सदस्य श्री सन्ध्या श्रेष्ठ, निवर्तमान सदस्य श्री अम्बिका वि.क. निवर्तमान सदस्य श्री शत्रुधन दुलाल, निवर्तमान सदस्य श्री पार्वती न्यौपाने, निवर्तमान लेखा समिति संयोजक श्री   श्यामकुमार श्रेष्ठ, निवर्तमान लेखा समिति सदस्य श्री केशव प्रसाद कोइराला, डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत श्री हेमबहादुर पाठक,निर्वाचन समिति संयोजक  श्री अर्जुनप्रसाद चौलागाई, निर्वाचन समिति सदस्य  श्री रामहरी चौलागाई,  निर्वाचन समिति सदस्य  श्री साधुराम चौलागाई,  सञ्चारकर्मी मनाेज देवकाेटा , विद्यार्थी  श्री सौरभ सापकोटा,विद्यार्थी  श्री अनुष्णा हुमागाई, ज्येष्ठ उपभोक्ता श्री ठुलीमाया पाख्रिन,ज्येष्ठ उपभोक्ता श्री पूर्णबहादुर राईलाई सम्मान गरिएको थियो ।

साधारणसभामा हेटौडा – ६ का वडा अध्यक्ष विष्णबहादुर दाहाल, मकवानपुरगढी – ३ का वडा अध्यक्ष भागवत घिमिरे, , हेटौडा-  ६ का वडा सदस्य विजय पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी लगायतको उपस्थिति रहेको कार्यालय सचिव भीमसेन पौडेलले जानकारी दिनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*