मकवानपुरमा अवैध चौपाया ओसारपसार, तीन महिनामा ८५ वटा चौपाया बरामद

हेटौंडा टुडे
२०८२ पुष १८, शुक्रबार १३:३१ गते

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयहरूले तीन महिनाको अवधिमा अवैध रूपमा ल्याइएका ८५ वटा चौपाय (गाई–गोरु ९ वटा) सहित र ६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । सो क्रममा १० जना व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए काछन ।

नियन्त्रणमा लिइएका चौपाया तथा व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि पशुसेवा कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार असोज ३० गते ७ वटा चौपाया, एउटा सवारी साधन र ३ जना, कात्तिक १३ गते २५ वटा चौपाया, एउटा सवारी साधन र १ जना, कात्तिक १९ गते २२ वटा चौपाया, एउटा सवारी साधन र ३ जनालाई नियन्त्रणमा लिएको थियो ।

यस्तै पुस १३ गते ५ वटा चौपाया, एउटा सवारी साधन र १ जना, पुस १४ गते ५ वटा चौपाया, एउटा सवारी साधन र १ जना नियन्त्रणमा लिएको प्रहरीले बिहीबार २१ वटा चौपाया, एउटा सवारी साधन र १ जना व्यक्ति नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार असोज ३० गते र कात्तिकको १३ र १९ गते नियन्त्रणमा लिएकोलाई मुद्दा दर्ता गरिएको छ भने बाँकीलाई जरिवाना गरिएको छ ।

प्रहरीका अनुसार अवैध चौपाय ओसारपसार तथा पशु कल्याण विपरीतका गतिविधि नियन्त्रण गर्न नियमित रूपमा सवारी चेकजाँच र निगरानीलाई निरन्तरता दिइने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*